७२ जना सवार यति एयरको बिमान पोखरामा दुर्घटनाग्रस्त, यात्रु जीवित रहने सम्भावना न्यून
पोखरा।चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो दुर्घटनाग्रस्त विमानमा आगो लागेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनाग्रस्त विमानबाट हालसम्म २५ शव निकालिएको बताए ।
‘हालसम्म २५ वटा शव निकालिसकिएको छ,’ उनले भने, ‘जीवित उद्धार हुने सम्भावना एकदम न्यून छ।’

