थुलुङ दुधकोशी गाउँ कार्यपालिका बैठकले गर्‍यो यस्ता निर्णय



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले-४ वटा कार्यविधि-२०७९ पारित गरेको छ । गाउँपालिका अध्यक्ष असिम राई को अध्यक्षता आज (शुक्रबार) बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि सहित एउटा विधेयक पारित गरेको हो ।

पालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उक्त बैठकले जलस्रोत तथा मुहान दर्ता, छात्रवृत्ति वितरण र घरबहाल कर व्यवस्थापन कार्यविधि-२०८९ पारित गरेको छ। यस्तै सोही बैठकले कृषि तथा पशु सेवामा अब देखि लागत साझेदारी गर्ने निर्णय गरेको छ । निर्णय अनुसार बिउबिजन र पशुको औषधि वितरणमा गाउँपालिकाको ७५ प्रतिशत र कृषिकको २५ प्रतिशत लागत रहने छ ।

यस वर्षदेखि टोल विकास संस्थामार्फत कार्य गर्ने योजना बनाएको पालिकाले ३ गते देखि उक्त संस्थाका पदाधिकारीलाई लक्षित गरि अभिमुखुकरण कार्यक्रम सन्चालन गर्ने भएको छ । यस्तै पालिकामा संचालित अँखा क्लिनिक कार्यक्रमलाई निरन्तरता दिनका लागि जनशक्ति व्यवस्थापन गरि दुधकोशी सामुदायिक अस्पतालमा सञ्चालन गरिने भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा भुमिहिन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजिकरण समिति गठन गरिएको छ । अब हरेक वडामा उक्त समिति गठन हुने गाउँपालिकाले जनाएको छ । यस्तै वडा नम्बर ७ मा लघु उद्यम विकास कार्यक्रम सन्चालन गर्ने पनि आजको कार्यपालिका बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्