एमालेबाट निष्कासित भुसाल पसे एकीकृत समाजबादीमा



काठमाडौं।नेकपा(एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसाल नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंको अर्याल होटलमा आयोजित एक कार्यक्रमबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुसाललाई पार्टीमा स्वागत गरेका हुन्। नेकपा एमालेले पार्टीबाट निष्काशित गरेको तीन महिना पछि ऊनी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै भुसाललेअब एकीकृत समाजवादी लोकतान्त्रिक पार्टी बन्ने बताए।अध्यक्ष ओलीवाद विरुद्ध विद्रोह गरेकाले आफूले एकीकृत समाजवादी उनको भनाइ थियो।

गत मंसीर ४ गते भएको प्रतिनिधि सभामा निर्वाचनमा टिकट नपाएपछि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि भुसाललाई एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्