प्रदेश १ मा मन्त्री परिषद बिस्तार : सांसद राजभण्डारी प्रदेशमन्त्री नियुक्त
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्धिकुमार राजभण्डारी बिना बिभागीय मन्त्री नियुक्त भएका छन्।मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राजभण्डारीसहित तीन जनालाई आज बिना बिभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।नवनियुक्त अन्य दुई मन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य र दुर्गा चापागाईं छन् ।
राजभण्डारी भने नेकपा एमालेको तर्फबाट मन्त्री नियुक्त भएका हुन्।प्रदेश सभाको अघिल्लो कार्यकाल पनि जिल्लाको सोही निर्बाचन क्षेत्रबाट निर्बाचित राजभण्डारी नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक थिए।नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री कार्कीले आजै सपथ गराएका छन् ।
यसअघि मुख्यमन्त्री कार्की सहित एमालेका राप्रपा र जसपाबाट एक एक मन्त्री नियुक्त भएका थिए।