नेचासल्यानबाट ओखलढुंगा जाँदै गरेको बोलेरो बिब्ल्याटेमा दुर्घटना,७ जना घाइते



ओखलढुङ्गा । बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट ओखलढुङ्गा आउदैं गरेको प्र–१–०२–००२ च ३८३५ नम्बरको बोलेरो जीप आज (बिहिबार) बिहान ९ बजेर ४० मिनेट जाँदा सिद्धिचरण नगरपालिका ५ स्थित बिबलाटेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये नेचा सल्यान गाउँपालिका–३ का ७० वर्षिय डिल्लीराम शर्माको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिए ।

चालकसहित अन्य ६ जनाको अवस्था सामान्य रहेको दासको भनाइ छ । सडकमा गुडिरहेको जीप अचानक गाडीको ब्रेक फेल भएर सडककै छेउमा पल्टिँदा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा घाईते भएकाहरुको उद्धार गरि सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । (साभार: न्युज २४ नेपाल टिभी)

प्रतिक्रिया दिनुहोस्