अनेरास्ववियु सोलुखुम्बुले जिल्ला कमिटीले गर्यो स्वबियू निर्बाचनको तयारी थाल्ने निर्णय
सोलुखुम्बु।अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटीको पाँचौ बैठकले जाडो बिदा लगत्तै संगठन बिस्तारलाई तीब्रता दिने निर्णय गर्दै आगामी स्वबियु निर्बाचन केन्द्रित विभिन्न निर्णय गरेको छ।

गौरव राईको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले स्वबियू निर्बाचन हुने क्याम्पसमा संगठनको अवस्था र सम्भावित उम्मेदवारबारे स्थानीय पार्टी कमिटी र नेताहरुसंग बुझ्ने निर्णय गरेको जिल्ला सचिब ङवाङतेञ्जी शेर्पाले जानकारी दिए।त्यसका लागि स्थानीय कमिटीका नेताहरुलाई माघको तेस्रो सातासम्म भरेर पठाउन आग्रह गर्दै फारमसहितको पत्र पठाइएको उनले बताए।
आवश्यक समन्वयका लागि सोलुखुम्बु बहुमुखी क्याम्पसका लागि नरेन्द्र कुलुङ साथै नेकपा एमाले सोलु दुधकुण्ड पार्टी कमिटी, सोताङ पब्लिक क्याम्पस सोताङका लागि भुपाल खालिङ साथै नेकपा एमाले सोताङ गाउँ कमिटी, हिमाल दर्शन क्याम्पस नेचाका लागि पुण्य प्रसाद कट्टेल साथै नेकपा एमाले नेचासल्यान गाउँ कमिटी र बिपी संस्कृत क्याम्पस सल्यानका लागि टीकाराम खनाललाई जिम्मेवारी तोकिएको सचिब शेर्पाको भनाइ छ।
बैठकले मनिस कटवालको संयोजकत्वमा ९ सदस्यीय सोलु दुधकुण्ड नगर अधिबेशन आयोजक कमिटी समेत गठन गरेको छ।

