प्रधानमन्त्री दाहालको पक्षमा २६८, विपक्षमा २ मत



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज मङ्गलवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

मतदानमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा दुई सय ६८ मत खसेकाे हाे । त्यस्तै उहाँकाे विपक्षमा दुई मत खसेकाे छ । आज दुई सय ७० सांसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्