खेल क्षेत्रको बिकासलाई माप्यदुधकोशीले प्राथमिकतामा राखेको छ : अध्यक्ष राई



सोलुखुम्बु। माप्यदुधकोशी गाउँपालिकामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ।

वडा नम्बर ४ स्थित रंगशालामा सोमबारबाट सुरु प्रतियोगिताको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले ग्रामीण भेगमा कयौँ खेलाडीहरुको क्षमता ओझेलमा परेको भन्दै उनीहरुलाई उजागर गर्न पनि यस्ता प्रतियोगिताको आयोजना गर्नु आवश्यक रहेको बताए ।

माप्यदुधकोशी गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गर्दै अध्यक्ष राईले खेल राष्ट्रका लागि मात्रै नभएर स्वस्थ्यका लागि समेत हितकर हुने धारणा राखे ।
खेलको माध्यमबाट राष्ट्रलाई नै विश्वमाझ परिचित गराउन सकिने बताउंदै अध्यक्ष राईले खेल र खेलाडीको सर्बाङ्गिण विकासमा गाउँपालिकाले गरेको प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताए।

प्रतियोगिता आगामी विहिबार सम्म जारी रहने आयोजकले जनाएको छ ।file foto

प्रतिक्रिया दिनुहोस्