प्रतिनिधिसभाको अर्को बैठक भोलि ११ बजे बस्ने



काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा सोमबारबाट सुरु संघीय संसद प्रतिनिधिसभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी र प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा बैठकलाई पढेर सुनाएका थिए।

बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी ओली,रास्वपका अध्यक्ष रबि लामिछाने,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल,राजपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव,जनमत पार्टीका अध्यक्ष सीके राउत,नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ,राजमोका चित्रबहादुर केसी,नेमकिपाका प्रेम सुवाल,लोसपाका शरदसिह भण्डारी र स्वतन्त्र सांसद अमरेश कुमार सिंह लगायतले सम्बोधन गरेका छन् ।

भोलि ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले बिश्वासको मत लिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्