जमरकट्टेल सेवा प्रतिस्ठानले मंसिर १७ गते साधारण सभा गर्ने



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जमरकट्टेल सेवा प्रतिस्ठान नेपालले ९ औं वार्षिक साधारण सभा आगामी मंसिर १७ गते गर्ने र सोही दिन मन्दिर निर्माण तथा अक्षयकोषतर्फकाे ताम्रपत्र सार्वजनिक गर्ने भएको छ।

सहिद नरनाथ अजुद्धाकुमारी जमरकट्टेल स्मृति छात्रवृत्ति शैक्षिक सत्र २०७८ काे एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल छात्र प्रज्वल बास्ताेला ( ३.६ जिपिए) र
छात्रातर्फ कृष्टीना जमरकट्टेल (३.२८ जिपिए) लाई नगद तथा कदरपत्र सोही वार्षिक साधारण सभामा प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

बिजया दशमीको अघिल्लो दिन असोज १८ गते शुभकामना आदान प्रदान तथा बन्धु भेटघाट कार्यक्रम आयाेजना गर्ने निर्णय गर्दै प्रतिष्ठानको हालै सम्पन्न बैठकले वेवसाइडमा स्थापनाकाल देखि हाल सम्मका सम्पुर्ण विवरण समावेश गर्न वंशावलीकाे इलेक्ट्रोनिक कपी तत्कालीन प्रकाशन समितिसँग माग गर्ने निर्णय पारित गरेको समेत बताईएको छ।तीज विशेष कार्यक्रमकाे ३३ हजार ५ सय ५५ खर्च अनुमाेदन गर्दै प्रतिष्ठानले बन्धु सहायता काेष सहयाेगार्थ कार्तिक ९ गते बुधवार प्रतिष्ठान परिसरमा देउसी भैलाे कार्यक्रम गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्