नेचासल्यान : ६५ जना छात्रछात्रालाई नि:शुल्क विद्यालय पोशाक बितरण



डिल्ली शर्मा,सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकामा रहेको श्री शहिद नरनाथ आधारभुत विद्यालयमा अध्ययनरत ६५ जना छात्रछात्रालाई बिधार्थीहरुलाई निशुल्क विद्यालय पोशाक बितरण गरिएको छ ।

विद्यालयमा स्थापित साझा अक्षयकोषबाट प्राप्त ब्याजबाट ऊनीहरुलाई पोशाक बितरण गरिएको बुधबार आयोजित कार्यक्रममा जानकारी गराईएको थियो।

साझा अक्षयकोष संचालक समितिका संयोजक निरकुमार शर्माको सभापतित्व तथा नेचा सल्यान गाउपालिका उपप्रमुख बिणा राइको प्रमुख आतिथ्यतामा आयोजित पोशाक बितरण कार्यक्रममा उपाध्यक्ष राई,३ नं वडाध्यक्ष सीताराम भट्टराई,गाउँपालिका शिक्षा शाखा प्रमुख माधबमणी ढुंगाना,श्री हिमाल दर्शन माबिका प्रधानाध्यापक अशोक कुमार कटेल र सोही विद्यालयका प्रधानाध्यापक कमल प्रसाद कटेलले आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्