प्रदीप गिरी कल्याणकारी राज्यको पक्षधर हुनुहुन्थ्यो:पुर्वराष्ट्रपति यादव



केदार बस्नेत,काठमाडौं।पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय प्रदीप गिरि कल्याणकारी राज्यको पक्षधर भएको बताउनु  भएको छ।

गिरीप्रति श्रदाञ्जली अर्पण गर्न मेडसिटी अस्पताल पुग्नुभएका डा. यादवले तीक्ष्ण वुद्धि,वौद्धिक व्यक्ति,अध्ययनशील र पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू दुखित् रहेको बताउनुभयो।

वीपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराइमा अत्यन्तै लोकप्रिय रहेको डा. यादवले भनाई थियो। ‘उहाँ राष्ट्र र राजनीति बुझेको माानिस’, गिरिलाई सम्झँदै यादवले भन्नुभयो, ‘सम्पूर्ण देशलाई बुझेको मानिस ।’ गिरि सबैको विचारका अध्येता र अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो पुर्वराष्ट्रपति यादवको भनाई उधृत्त गर्दै अस्पताल स्रोतले रहस्य खबरलाई जानकारी दिएको छ।

गिरिको शनिबार राति उपचारकै क्रममा मेडसिटी अस्पतालमा निधन भएको हो।गिरीको निधनप्रति देश तथा विदेशबाट समवेदना सन्देश सामाजिक सञ्जालमा सार्वजनिक भै रहेको  छ।गिरीलाई समवेदना प्रकट गर्दै सामाजिक चिन्तन भएको नेता गुमाउदा दुखित भएको सन्देश प्रकट भएको छ।

प्रतिक्रिया दिनुहोस्