सोलुखुम्बु:लिखुपिके गाउँपालिकाले राजधानीबाट पनि नागरिकहरुलाई निरन्तर सेवा दिने



केदार बस्नेत,श्रावण १८।सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले नागरिकहरुको सेवालाई मध्यनजर गर्दै सेवा प्रवाहलाई सहज बनाउने भएको छ।गाउँपालिकाले आफ्ना पालिकाभित्रका नागरिकहरुलाई पालिकाभन्दा बाहिर संघीय राजधानीमा बसोबास गर्ने नागरिकहरुको लागि वडा नम्बर १ ले काठमाडौंको बौद्ध,नयाँ बस्ती तथा कोरियन रेस्टुरेन्टबाट १८ गते आजसम्म सेवा प्रदान भैरहेको पालिका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष मणिराज बस्नेतले रहस्य खबरलाई जानकारी दिनुभयो।अन्य वडाहरुलाई पनि सूचना प्रकाशन गरि नागरिकहरुलाई प्रदान गर्ने सेवालाई सहज बनाउन पालिका अध्यक्ष मिना कार्की बस्नेतले सम्बन्धित जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको  छ।

लिखुपिकेले प्रदान गर्ने सेवाले समस्यामा परेका नागरिकहरुको समस्या टरेको छ।राजधानीदेखि विविध कामको लागि पालिका पुग्नपर्ने समस्या निराकरण हुने भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्