बोलेरो दुर्घटनामा घाइते नेचासल्यान अध्यक्ष राईलाई काठमाण्डौं ल्याईयो,बीएण्डबीमा उपचार हुँदै



केदार बस्नेत ।बोलेरो दुर्घटनामा घाईते सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ।

झापाबाट गाउँपालिका फर्कने क्रममा आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं-५ चिसापानीमा दुर्घटना हुंदा घाइते अध्यक्ष राई र सवारी चालक झमक बिकलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याईएको हो।प्रारम्भिक परीक्षणमा अध्यक्ष राईको घाँटी र चालक बिकको छातीमा असर देखिएको नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका सचिब दुर्योधन राईले जानकारी दिए।

सचिब राईका अनुसार गाउँपालिका अध्यक्ष राईको हाल आईसीयुमा उपचार भइ रहेको छ। भोलिबाट भने वार्डमा सारेर उपचार गर्न सकिने चिकित्सकको सुझाव रहेको उनले बताए ।

दुर्घटनाका अर्का घाइते देवीचरण कटेल भने सामान्य उपचारपछि उदयपुर अस्पतालबाटै डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्