याक तथा चौरी व्यवसायी संघ नेपालले ‘याक तथा चौरी प्रतिविम्ब’ नामक पुस्तक प्रकाशन गर्ने



गार्डेन राई,सोलुखुम्बु।याक तथा चौरी व्यवसायी संघ नेपालले ‘याक तथा चौरी प्रतिविम्ब’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ ।

अनुसन्धानात्मक आलेख सहित कृषकहरु विगतका अनुभवलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गर्न लागिएको संघले जनाएको छ ।

संघले पशुविज्ञ, शोधकर्ता, जनप्रतिनिधि,संघ संस्थाका प्रतिनिधि, कृषक साथै अन्य सरोकारवालाहरुलाई लेख तथा रचना असार ३० गतेसम्म उपलब्ध गराउनका लागिआग्रह गरेको छ।हिमाली क्षेत्रको समृद्विको आधार, अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा मानिने याक तथा चौरीपालन पेशा पछिल्लो एक दशकमा करिव ९०% ले लोप भएको विभिन्नअध्ययनले देखाएको छ ।

याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुले हिमाली क्षेत्रको मुख्य पेशाको रुपमा रहेको याक तथा चौंरीपालन लोप भईरहेको अवस्थामा सोलुखुम्बु जिल्लाभित्रका याक तथा चौरीपालक कृषकहरुलाई संगठित गर्दै, कृषकको क्षमताअभिबृद्विसंगै राज्यकाविभिन्न निकायसम्म याक तथा चौंरीपालक कृषकको हकहित र अधिकारका लागि बहस गर्दै आईरहेको याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुकाअध्यक्ष नुरु शेर्पाले जानकारी दिए ।

चौंरीपालन पेसालाई बहुआयामिक बनाई हिमाली क्षेत्रको लोपोन्मुख पेशालाई सक्रिय बनाउनमा संघले भूमिका खेलिरहेको अध्यक्ष शेर्पाको भनाइ छ । उनले याक तथा चौँरीपालक कृषकहरुका लागि राज्यका तिनै तहका सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासंग सहकार्य गरी बजारीकरणका लागि पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्