आशन्न स्थानीय तह निर्बाचन र जनप्रतिनिधिहरुको अबको बाटो



टेकप्रसाद बास्तोला
संविधान २०७२ जारी भए पस्चात मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक ब्यावस्था संस्थागत भईसकेको छ, जस अनुरुप मुलुकले तिन तहको शासान व्यावस्था अनुसरण गरी संघ, प्रदेश र स्थानिय तह कृयाशिल अवस्थामा छन । संघियताको अभ्यास पस्चात मुलुकमा पहिलो पटक तिन वटै सरकारको निर्वाचन भई आ-आफ्नो कार्यकाल पुरा गर्ने चरणमा छन । त्यसमा पनि स्थानीय तहहरुले आफ्नो कार्यकाल पुरा गरी पुन अर्को कार्यकालको लागि निर्वाचनको प्रकृयामा छ । केन्द्रिय राजनितिमा भएको उथलपुथल साथै विश्वव्यापी कोरोना महामारीले गर्दा यो अबधिमा थप जटिलता तथा जनतामा निरासा पैदा भएका छन । संघियता लागु भएको पहिलो पाँच बर्षमा बिभिद कारण जनअपेक्षा अनुरुप काम नभएता पनि समग्रमा हेर्ने र बिगत पाँच बर्षअगाडीलाई फर्केर हेर्ने हो भने मुलुक विकासको पथमा भने अवश्य गएको छ ।संघीयताको सुनौलो पक्ष भनेको स्थानीयतहहरु हुन, स्थानिय तह निर्माण भए संगै थुप्रै कामहरु घर आँगनबाट हुन थालेका छन भने विकासको बहस टोलस्तरबाट सुरु भएको छ । स-साना विकासका कामलाई पनि केन्द्रको मुख ताक्ने र ती काम पुरा हुन बर्षौसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था करिव करिव अन्त्य भएको छ । आवाश्यकताका आधारमा विकासका लागि योजना तर्जुमा, योजना कार्यन्वयनका लागि बजेटको माग, योजना संचालन तथा खबरदारी जस्ता कार्यमा आज स्थानिय जनताको उच्च चासो रहने गरेको छ जसले गर्दा आवाश्यकतामा आधारित विकास हुन थालेको छ भने अनियमितताको पर्दाफास भई सु-सासन को दिशातर्फ मुलुक बढेको छ ।पहिलो निर्वाचित भएको ५ बर्षको अवधिमा स्थानिय जनताको उच्च सहभागीता तथा सरोकार रहेको स्थानिय सरकारले समेत धेरै स्थानहरुमा जनअपेक्षा अनुसार काम गर्न नसकेको भनी जन स्तरबाटनै आलोचना हुने गरेको भएका छन । अझ आसन्न निर्वाचनमा उठेका उमेद्धवारहरुको प्रमुख मसला पनी यही रहेको देखिन्छ तर गहिरिएर हेर्ने हो भने स्थानिय निर्वाचन भए देखी जनअपेक्षा धेरै र ति भन्दा धेरै समस्याका ठुला चाङहरु थिय यसलाई हामी कसैले भुल्नु हुदैन । प्रथम त नेपालका लागी संघिय व्यावस्था नया भएकाले काम कहा बाट थालनी गर्ने भन्ने जनप्रतिनिधिमा अन्वयलता थियो, लामो द्धवन्दले निम्ताएको अस्थिरताको भुमरी बाट देश बिस्तरै स्थिरता तर्फ उन्मुख मात्रै थियो भने संक्रमणका कायम नै थियो ।धेरै जसो स्थानियतहहरुमा निर्वाचन भए पश्चात निर्वाचित जनप्रतिनिधिहरु बस्ने टेवल कुर्सी थिएनन, आवाश्यक कोठाहरु समेत थिएन । संघको स्पष्ट निति नबनेकाले काम गर्ने कर्मचारीहरु थिएनन् भएका ठाँउहरुमा पनि पर्याप्त थिएनन, कर्मचारी समायोजन पश्चात पनि अनुभवी कर्मचारीहरु स्थानीय तहहरुले पाएनन अझै पनि दरबन्दी बमोजिमका कर्मचारीहरु पर्याप्त छैनन् । काम गर्नका लागि कानुन अत्यन्तै महत्वपुर्ण हुन्छ।संघीय कानुन नबनेका कारण आवाश्यक कानुनहरु स्थानियतहले तर्जुमा गर्न सकेनन यस्तो अवस्था लामो समय सम्म रह्यो , जनप्रतिनिधिहरुमा पर्याप्त ज्ञान तथा अनुभवको कमी, दक्ष जनसक्तीको अभाव, तथ्याङ्कहरुको कमी जस्ता कारण योजनाबद्ध विकासहरु हुन सकेनन । स्थानिय तह निर्वाचन भएको तेश्रो बर्षको सुरुवातबाट नै बिश्वब्यापी कोरोना महामारीको सुरुवात भयो जसले गर्दा समग्र विकास ठप्प हुन पुग्यो भने सम्पुर्णको ध्यान कोरोना महामारी तिर जुध्नतिरै केन्द्रित भयो।केन्द्रिय राजनितिमा भएको ध्रुबीकरण तथा असहज अवस्थाले स्थानीयहलाई थप असहजता थप्यो । यिनै तथा यस्तै असहजताका बिच पनी केही स्थानिय तहहरु मा थुप्रै विकास निर्माण लगाएतका कामहरु भएका छन तर अधिकाम्स स्थानको अवस्था उस्तै छ,केही घिस्रीदै छनत केही अझै सम्म अन्वयलमै छन ।यही अवस्थामा मुलुक दोश्रो स्थानियतहको निर्वाचनमा हुमिएको छ ।
जनताको विकास प्रति जनअपेक्षा तिब्र छ जसलाई पहिलो अवधिमा संबोधन गर्न नसक्दा व्यबस्था प्रतिनै जनताको बितृष्णा बढ्दै गईरहेको छ ।खोजिएको जस्तो यो बिचमा पनी गाँउ गाँउमा बिकासका आधारभुत गुणस्तरिय पुर्वाधारहरु पुग्न सकेनन, जुन गतिमा यो अवधिमा थप रोजगारीका क्षेत्रहरु खुल्नु पर्ने थियो खुल्न सकेनन, भएका पनी खुम्चेर गएका छन । कोरोना महामारी तथा अन्तराष्ट्रिय मञ्चमा देखिएका समस्याका कारण आर्थीक परिसुचकहरु ओरालो दिशामा बढिरहेको छ , बदलिदो परिस्थितिमा समेत आन्तरीक बसाई सराई रोकिन सकिरहेको छैन । युवाहरु को बैदेशिक रोजगारमा जाने क्रम अझै तिब्र छ , युवाहरुको ध्यान आर्थीक उपार्जन पस्चात सहर केन्द्रीत भईआज अधिकाम्स गाँउहरु युवा बिहिन भई बृद्धा आश्रममा परिणत भएका छन । पहाडका गाँउका अधिकाम्स खेती योग्य जमिनहरु बाँझिएर झाडिमा परिणत भई बादरले परेड खेल्ने मैदान भएका छन भने तराईका खेतियोग्य जमिन कङ्क्रिट को घेराले मरुभुमि जस्ता भएका छन जस कारण कृषिजन्य बस्तुमा मुलुक पुर्ण परनिर्भर हुदै गई रहेको छ । भुमी केन्द्रित अर्थ प्रणाली मौलाएका दुख गरेर कमाएको रकम सहर वा तराईमा लगी अनुत्पादक क्षेत्र घडेरिमा लगी थन्काउने क्रम झन तिब्र बढेको छ । बसेको जनशक्ती पनी डमि अवस्थामा हिनता बोधले ग्रसीत छन ग्रामिण अर्थतन्त्र साथै मानिसहरुको जिविकाको मुख्य श्रोत रहेको कृषि क्षेत्र परम्परागत साथै निर्वाहमुखी बाट माथी उक्सन सकेको छैन,जसले गर्दा ग्रामीण क्षेत्रमा सकारात्मक असर भन्दा पनी ग्रामिण अर्थतन्त्रमा नकारात्मक असर झन पुर्याएको छ। गाँउ आत्मानिर्भर भन्दा परनिर्भर को दिशामा छ । यिनै यस्तै समस्या तथा चुनौतिका पहाड का बिच नेपालको अधिकाम्स स्थानको जनजिवन रुमलिएको छ । अव आउने जन प्रतिनिधिहरुले स्थानियतह व्यावस्थापनमा समय खर्चनु नपर्ने भएकाले देखिएका यस्ता समस्याहरुको सही पहिचान गरी बुद्धीमत्ता पुर्वक ढङ्गले काम गरी यी नै चुनौतिका पहाडहरु लाई फोर्दै बहु आयामिक विकासमा ध्यान दिनु पर्दछ । विकास का आधारभुत भौतिक पुर्वाधार को बिस्तार तथा स्तररोन्नती गर्दै भौतिक विकास का बावजुत सामजिक विकास र मानविय विकास तर्फ अवको विकास केन्द्रीत हुनु पर्दछ । सामाजिक साथै मानविय विकास बेगारको भौतिक अपाङ्ग हुने भएकाले बहु आयामिक विकासमा सवैको ध्यान जानु पर्दछ ।हाम्रो अवस्था तथा जनअपेक्षा अनुरुप काम गर्न मुख्यतया जन प्रतिनिधिले निम्न बमोजिम ध्यान खिच्न सक्नु पर्दछ समग्रमा भन्दा अवको ५ बर्ष विकासको बर्ष हुनुपर्नेछ र हुनुपर्दछ ।

पुर्वाधार क्षेत्रको विकास–
दोश्रो जन आन्दोलन पस्चात नेपालले पुर्वाधार क्षेत्रमा विशेष गरी सडकमा उल्लेखनिय प्रगति हासिल गरेको छ । यसमा पनी स्थानिय तह गठन भए पस्चात पहिलो ध्यान सडक केन्द्रित भएकाले सडकको विकासमा उल्लेखनीय प्रगती भएका छन जस कारण हप्तौ हिडेर पुग्नु पर्ने गाँउ बस्ती को दुरी छोटिएको छ, तर अझै पनी धेरै ग्रामिण बस्ती सडक संजाल ले जोडिन बाँकी छ । धेरै जसो ग्रामिण सडकहरु मौसमी छन त्यसैले हरेक स्थानिय तहको अवको मिसन भनेको कम्तीमा स्थानिय तहको मुख्य केन्द्र सम्म पक्की सडक र अन्य बस्तीहरुमा बाह्रै महिना चल्न सक्ने ग्राभेल सडकको रुपमा स्तरोन्नती गर्नु पर्दछ । अहिले केही श्रोत भएका स्थानिय तहहरुमा भित्री तथा कम रणनैतिकका सहरहरु सडक कालोपत्रेमा होड बाजी देखिन्छ यो भने गलत शैली हो यसले ठुलो रकम यता खर्च हुने र अन्य क्षेत्र ओझेल पर्न जाने देखिन्छ त्यसैले अवका केही बर्ष यस्ता सडकहरुमा गुणस्तरिय तथा उच्च तहको ग्राभेल गरी यसमा खर्च हुने रकम नाली तथा पुल पुलेसा कल्भर्ट तथा अन्य काममा प्रयोग गर्नु पर्दछ । त्यस्तै ग्रामिण बिधुतिकरणमा विशेष ध्यान दिनु पर्दछ । राष्ट्रीय प्रशारण लाईन जोड्न सकिने ठाउमा सोलाई जोड्ने पहल गर्नुपर्छ साथै नभए लघु जलबिधुत तथा त्यो पनी सम्भव नभए सौर्ये उर्जा लाई प्राथामिकता दिएर हरेक घरघरमा बिधुतीय प्रणालीमा जोड्नु पर्दछ । यसरी सडक र बिधुत ग्रामिण क्षेत्रमा जोड्न सकियो भने सो क्षेत्रमा आर्थीक सम्बृद्धिको ढोका खुल्दछ । त्यो वाहेक अन्य क्षेत्रका पुर्वाधारहरु जस्तै कृषि, स्वास्थ्य, शिक्षा, संचार तथा पर्यटन तथा धार्मिक क्षेत्रका भौतिक पुर्वाधार निर्माणमा ध्यान दिनु पर्दछ र सोही अनुसारका निति तथा कार्यक्रम बनाई बजेट को ब्यावस्था मिलाउनु पर्दछ ।
शिक्षा तथा स्वास्थय क्षेत्रमा सुधार – पहिलो जनआन्दोलन पस्चात नेपालमा शैक्षीक क्षेत्रमा क्रान्ती नै भएको हो । प्राय गाँउ गाँउमा बिधालय खुलेका छन तर गुणस्त भने अत्यन्तै कम पाईन्छ । ग्रामिण क्षेत्रमा अध्यन गरेको बिधार्थी श्रम बजार बिक्न कठिन भएकाले स्थानिय सरकार ले शैक्षीक क्षेत्रमा आमुल परिवर्तन गर्न पहल गर्नु अत्यन्तै जरुरी छ । अङ्ग्रेजी भाषा बेगरको मानव लङ्गडो हुने भएकाले प्राथमिक तह सम्म अनिवार्य अङ्ग्रेजी माध्याम बाट पढाई हुने ब्यावस्था लागु गर्नु पर्दछ साथै माध्यामिक तह सम्म पनि बिस्तारै लागु गर्दै जानु पर्दछ । ग्रामिण क्षेत्रको अझै पनी स्वास्थ्य को अवस्था अत्यन्तै नाजुक रहेकाले प्रत्येक स्थानिय तहमा ल्याव, रेडियोलोजि सेवा प्रदान गर्न सक्ने बिशेषज्ञ सेवा सहितको अस्पताल को निर्माण गर्न विलम्ब गर्नु हुदैन । संघिय सरकारको प्रत्यक स्थानिय तहमा १५ सैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम रहेको र देशै भरी सिल्यानास भएकाले स्थानिय सरकारले यसमा आवाश्यक पहल गर्न बिलम्ब गर्नु हुदैन । स्वास्थ संस्था नभएता भएन भएन तर भएका क्षेत्रहरुमा पनी निम्न तथा मध्यम बर्गका मानिसहरु आवाश्यक शुल्क तिर्ने सार्मथ्य नहुदा रोग पालेर मर्न विवस छन त्यसैले प्रत्यक नागरीकको अनिवार्य स्वास्थ्य विमाको व्यावस्था मिलाउन आवाश्यक ब्यावस्था मिलाउनु पर्दछ ।
अधिकतम भु–उपयोग तथा कृषि विकासमा जोड ः–भुमि महत्वपुर्ण प्राकृतिक सम्पदा हो । यसको सहि उपयोग तथा परिचालन गर्न सके स्थानीय बासिन्दाको जिवन स्तरमा सुधार आउने मात्र होईन ग्रामिण अर्थतन्त्रमा पनी ब्यापक परिवर्तन आउन सक्छ । यसको लागी कुन ठाँउ हावापानी, भुगोलमा के हुन्छ त्यसैलाई प्राथामिकता दिनु पर्दछ र सोहि अनुसार बालि बिरुवा फलफुल तथा बनस्पती लगाउनु पर्दछ । स्थानिय स्तरमा श्रमको अत्यन्तै अभाव भएका कारण बहुबर्षिय बाली बिरुवा लाई प्राथामिकता दिनु पर्दछ । खाली, पर्ती, खेत वारीका डिल तथा कान्लाहरु, उर्वराशक्ती कम भएका जग्गा खोलाका डिल, जङ्गलको छेउछाउमा काष्ठ साथै गैह्रकाष्ठ जन्य बोटविरुवा, औषधिय महत्व बोकेका बिरुवा लगाउनु पर्दछ साथै यस्ता स्थानहरुमा तहगत रुपमा घाँस खेती गरी पशु पालनलाई संग सगै लग्न सोही अनुसार कार्यक्रमको डिजाईन गर्नु पर्दछ । प्रत्येक घरमा अनिवार्य रुपमा मौसम अनुसारका फलफुल तथा तरकारी रोप्नका साथै करेसावारी ब्यावस्थापनमा सहयोग र नियामन गर्नु पर्दछ । सामुदायिक जङ्गलको बैज्ञानिक व्यावस्थापन तथा उपभोगको लागी जङ्गलमा घास खेती, आलङ्कारीक तथा जडिबुटी जन्य बनस्पती का साथै छिटो र राम्रो संग बढ्ने, काठ दिन सक्ने बनस्पती तथा फलफुलको बिरुवा लगाउनु पर्दछ । यस्तो गर्न सके सामुदायिक बन बाट मनग्य आम्दानी लिन सकिन्छ साथैस्थानिय रुपमा कच्चा पदार्थहरु प्रशस्त पाईने भएकाले प्रशोधन उधोगहरु खोल्न सकिन्छ । त्यस्तै जङ्गलमा जङ्गली जनावरले खाने आहारा प्रशस्त मात्रामा हुने भएकाले अहिले भोगीरहेको जङ्गली जनावरको बालीनाली नोक्सानको आतङ्क कम हुनेछ । कृषि योग्य भुमिमा जथाभावी भएका प्लटिङ को पुर्ण रोक लगाई कृषि योग्य भुमिको संरक्षण गर्नु पर्दछ ।
पर्यटकिय पुर्वाधारहरुको विकास ः–कोभिड १९ का कारण पर्यटन व्यावसाय धरासायी बनेको छ तर पर्यटन व्यावसाय धुवारहित दिगो व्यावसाय हो यसको पुनर्रउत्थानका कार्यक्रम ल्याउनु पर्दछ । हामि पर्यटक लाई सिमित घेरा भित्र राखी पर्यटक हिमाल तथा ताल हेर्न मात्रै नेपाल घुम्न आउछन भन्ने बुझ्छौ र बाहिर बाट आएका मानिसलाई पर्यटक भनेर चिन्छौ स्वदेशी लाई पर्यटकको रुपमा लिदैनौ । वास्तवमा पर्यटन धेरै संग सम्बन्धीत छ र यो व्यापक छ । ग्रामिण क्षेत्रमा धेरै किसिमका विभिदताहरु छन यसलाई पर्यटक संग जोड्न सकिन्छ । ग्रामिण क्षेत्रहरुमा कृषि क्षेत्रको विकास गरेर कृषि पर्यटकहरु भित्राउन सकिन्छ त्यस्तै धार्मिक स्थलहरुको प्रवर्दन संरक्षण तथा निर्माण गरी धार्मिक पर्यटन भित्राउन सकिन्छ , शिक्षा क्षेत्रको विकास गरी शैक्षिक पर्यटक भित्र्याउन सकिन्छ , गुणस्तरीय स्वास्थ्य संथाको स्थापना तथा संचालन गरी स्वास्थ्य पर्यटनको विकास गर्न सकिन्छ ।खेलकुद लाई आवाश्यक पर्ने स‌‍‌‍म्रचनाहरु निर्माण गरी खेलकुद पर्यटक भित्राउन सकिन्छ । बिभिद कला साथै संस्कृतिको प्रवर्दन गरेर संस्कृतिक पर्यटन भित्राउन सकिन्छ । पर्यापर्यावरण को सम्रक्षण गरी सो स‌ग सम्बन्धित पर्या पर्यटक भित्राउन सकिन्छ । त्यस्तै होम स्टे स‌‌न्चालन साथै बिभिन्न किसिमका संरचनाहरु तथा बिभिन्न किसिमका प्रतियोगीता साथै कार्यक्रमहरुको आयोजना गरी पर्यटक गाँउ गाँउमा भित्राउन सकिन्छ । यसो गरेमा स्थानिय स्तरमा उत्पादन भएका बस्तुले राम्रो बजार पाउनु को साथै समग्र आर्थीक कृयाकलापमा चलायमान हुन जान्छ ।हरेक पुर्वाधार तथा कृयाकलापहरु पर्यटन मैत्री तथा पर्यटक आकर्शित गर्ने खालका बनाउनु पर्दछ यसका लागी आवाश्यक पुर्वाधार निर्माणका लागी निजि क्षेत्र संग हातेमालो गरी स्थानिय सरकार ले क्षमता ले भ्याए सम्म आफ्नो श्रोत परिचालन गर्ने साथै नपुग बजेटको लागी संघीय सरकार प्रदेश सरकार तथा जनस्तरमा सहयोगको लागी सहकार्य गर्नु पर्दछ । सिचाई प्रणालिको बिकास तथा बिस्तार उत्पादनलाई बढाउन सिचाई अतिआवाश्यक हुन्छ । नेपालको उत्पादन धेरै जसो मौसममा आधारित छ । जलवायु परिवर्तनको कारणले मौसममा ब्यापक फेरबदल आएको छ जसले गर्दा समयमै बर्षाद नहुने तथा अधिक बर्षाद हुने जस्ता ईत्यादि कारण उत्पादनमा प्रत्यक्ष असर पुगेको छ र उत्पादन बढाउन सिचाई अनिवार्य भएकाले सिचाई प्रणालिको विकास तथा बिस्तार गर्नु नितान्त आवाश्यक छ । यसका लागी संभव छ भने ठुला सिचाईका लागी नहर, कुलो निर्माण गर्नै ठाँउ र स्थान हेरी भुमिगत सिचाई, लिफ्ट सिचाई, साना सिचाई, प्लाष्टीक पोखरी बनाई बर्षादको पानी संकलनगर्ने, थोपा सिचाई जस्ता प्रणालि तथा प्रबिधिको बिस्तार तथा विकासका लागी आवाश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु पर्दछ ।
संकलन केन्द्र तथा बजार पुर्वाधारहरुको विकास ः–स्थानिय स्तरमा पाएक पर्ने स्थानमा स्थानिय उपजहरु संकलन गरी बेचबिखन गर्न र किसानहरुलाई आवाश्यक पर्ने उत्पादन सामाग्रीहरुको सरल रुपमा उपलब्ध गराउन सक्ने लागी संकलन केन्द्र साथै बजार पुर्वाधारहरुको विकास गर्नु पर्दछ साथै स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रशोधन केन्द्रको स्थापनाका लागी आवाश्यक सहजीकरण गर्नु पर्दछ ।
स्थानियको दैनिक जन जिवन संग सम्बन्धीत ः–धेरै जसो ग्रामिण तथा सहरी ईलाकामा खानेपानी को ब्यापक समस्या छ त्यसैले खानेपानी लाई सहजता ल्याउने तथा मुहानहरुको संरक्षण गर्ने । अनिवार्य रुपमा घरघरमा शौचालय निर्माण साथै सार्वजनीक स्थलहरुमा शौचालयको निर्माण गर्न लागाउने । आ–आफ्नो करेसा वारीलाई ब्यावस्थीत गर्न लगाउने । पशु बस्तुको गोठ सुधार,भकारो सुधार,मुत्र सङ्कलन तथा गोठेमल व्यावस्थापन गर्न लगाउने, उन्नत जातका ब्यावसायीक पशुपालन गर्न अभिप्रेरीत गर्ने यसका लागी नश्ल सुधार कार्यक्रम लाई प्राथामिकता दिने । आधुनिक खेती प्रबिधिको लागी कृषि सामाग्रीहरुमा अनुदान सहयोगका साथै प्राबिधिक सेवा सरल तथा सहज बनाउने । बिशेष गरी पुर्वी तथा मध्य तराईमा उर्जाको रुपमा गोबर को गुईठा बनाईखाना बनाउने चलन छ जसले गर्दा गोठे मलको खेतवारीमा कम प्रयोग भएकालेमाटोको उर्वरा शक्ती ह्रासभई कृषि उत्पादनमा समेतप्रतीकुल असर परेको हुनाले गोवर ग्यास प्लान्ट निर्माणका लागी सहयोग गरी गोवरमल खेत बारीमा राख्नअभिप्रेरीत गर्नै । कार्यक्रम तथा योजना तर्जुमा गर्दा जनसहभागीताको अनिवार्यता गर्नै । कार्यक्रमहरुको बिधिगत रुपमा सार्वजनीक सुनुवाई गर्ने । बिपत साथै आकस्मीक कोष हरु निर्माण गरी भईपरेमा स्थानियलाई सर-सहयोग गर्ने । आधुनिक प्रबिधिहरु अपनाउन उत्प्रेरीत गर्ने । जनतालाई विकास हाम्रा लागी र हामी बाट भन्ने भावनाको श्रृजना गर्ने तथा गाँउगाँउमा विकासको माहोल श्रृजना गर्ने। स्थानिय सामुदायीक रेडियो तथा पत्रपत्रिकाहरुमा जनचेतना दिने खालका सुचनाहरु सम्प्रेशष गर्ने आदि ।
यसरी सामाजिक मनोभावना तथा आवाश्यकता लाई गहन रुपमा बिश्लेषण गरी विशेषत अवको स्थानिय सरकारले सवै क्षेत्र संग समन्वय गरी आफ्ना निति तथा कार्यक्रमहरु अगाडि सारी कार्यान्वयनमा तत्परा देखाउन सके जनअपेक्षा अनुरुप विकास हुनमा कुनै दुई मत छैन । यहा खाँचो छ केवल यी भिजन देख्ने दुरदर्शी नेतृत्वको त्यो नेतृत्व छान्ने बेला अहिले भएकाले सवै कुरा तपाई हाम्रो हातमा छ । तपाई हामीले नै हाम्रै पालामा देश विकसीत बनाई सुम्बृद्ध देशको शुखी नागरीक भएर बाच्न विलम्ब गर्नु हुदैन ।
[लेखक बास्तोला केरावारी गाँउपालिका मोरङका
कृषि तथा सहकारी शाखा प्रमुख हुन्]

प्रतिक्रिया दिनुहोस्