बिहान ७ बजेबाट सुरु मतदान जारी, मतगणना आजैबाट सुरु हुने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ ।

उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हु्ने जानकारी दिएका हुन् ।हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए ।
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो। यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो।प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि निर्वाचन भएको हो। प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५५० सिटका लागि निर्वाचन हुन्छ। यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतिरको १६५ सिटका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्।
प्रतिनिधिसभाकै समानुपातिकतर्फको ११० सिटका लागि २ हजार ४०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ।
निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली यसअघि आयोगले सार्वजनिक गरेको थियो। प्रदेश तथा प्रतिनिधिसभाको ८२५ सिटका लागि १२ हजार बढी उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन। निर्वाचन आयोगका अनुसार अबको निर्वाचनमा १२ हजार बढी उम्मेदवारलाई १ करोड ७९ लाख ८५ हजार ५७० जना मतदाताले मताधिकार प्रयोग गर्नेछन।
आयोगको तथ्यांकअनुसार यसपटक १२ हजार ९३ उम्मेदवार छन्।
प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छापिएको थियो। देशैभरीका मतदाताका लागि १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रको व्यवस्थान गरिएको छ।
यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न लागेको आयोगले जनाएको छ।

