सिटिजन्स बैंक इन्टरनेशनल १६ औं वर्षमा प्रवेश




काठमाडौं।सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यहि बैशाख ७ गतेदेखि १५ औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको यस बैंकले १५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्न सफल भएको छ ।

१५ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने, ‘हामीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएका छौं र त्यसलाई निरन्तरता दिनेछौं भन्ने कुरा स्वीकार गर्न पाउँदा मलाई असाध्यै खुशी लागेको छ ।’

ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्छौं, यसैले हामी हाम्रा मूल्य मान्यताहरुलाई गम्भीर रूपमा लिन्छौं र सही कुरा गर्न प्रतिबद्ध छौं, अध्यक्ष भण्डारीले भने ।

उनले यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमा जनताको विश्वास कायम राख्ने कुञ्जी भएको बताउँदै जुन हाम्रो दीर्घकालीन सफलताको अभिन्न अंग भएको बताए ।

बैंक सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्व ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु १ अर्व ५८ करोड ९६ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले १५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रतmदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ “नेपाल रेडक्रस सोसाईटी” संगको सहकार्यमा सातवटै प्रदेशका कूल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने, मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । साथै आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइने जनाएको छ ।उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुँचमा ल्याईने विज्ञप्तिमा भनेको छ ।
ग्राहकहरुलाई धेरै च्यानलहरुमार्फत कहि पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्