खरिखोलामा प्रबिधि मैत्री सामुदायिक अस्पतालको उदघाटन सप्पन्न




प्रदिप खालिङ,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका वडा न-१, खरिखोलामा प्रबिधिमैत्री खरिखोला सामुदायिक अस्पतालको उदघाटन एक कार्यक्रम बीच सप्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका र एक्सन खरिखोला स्वीजरल्याण्डको सङ्युक्त आर्थिक तथा प्राबिधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउपालिका-१, खरिखोलामा नवनिर्मित अत्याधुनिक तथा प्रबिधिमैत्री सामुदायिक अस्पतालको उदघाटन एक्सन खरिखोला स्वीजरल्याण्डका अध्यक्ष स्टेफान सेडोक्सको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

उक्त सामुदायिक अस्पताल निमार्णको लागि एक्सन खरिखोला स्वीजरल्याण्ड र खुम्बु पासाङल्हामु गाउपालिकाको सयुक्त कुल आर्थिक रकम रु. २,१२,९०,३३६.२ रुपैयाँमा निर्माण भएको निर्माण समितिले जनाएको छ ।

कार्यक्रममा एक्सन खोरिखोला स्वीजरल्याण्डका अध्यक्ष स्टेस्टेफान सेडोक्स, बिशिस्ट अतिथि खुम्बु पासाङ्ल्हामु गाउपालिकाको प्रशासकिय अधिकृत मोहन चापागाई साथै बिशिस्ट अतिथि एक्सन खरिखोला नेपालका अध्यक्ष शेर बहादुर राना मगर र अन्य अतिथिहरु, बुद्दिजिबि, सामाजसेबिहरुको उपस्थित रहेको थियो ।

अस्पताल निर्माण गर्नका लागि जग्गादाता, आर्थिक सहयोगदाता, निर्माण प्राबिधिक, हिमालि स्वास्थ बाताबरणिय इकाई सोलु, धुलिखेल अस्पताल, सेवा प्रदान गरिरहनु भएका डाक्टरहरु र निर्माण कमिटिहरुलाई सम्मान प्रत्र प्रदान गर्नु भएको थियो । साथै अस्पताल उदघाटन समारोहका लागि स्वीजरल्याण्डबाट आगमन हुनु भएका १० जना बिदेशी नागरिकलाई नेपालि टोपि र दोसल्ला ओढाई मायाको चिनोले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको औपचारिक उदघाटनमा तिलक राना मगर र सर्मिला राईले उद्घोषण गर्नु भएको थियो । कार्यक्रममा समाजसेबि, बुद्दिजिबि, पत्रकार, सुरक्षाकर्मि साथै स्थानियको उपस्थित सङै सौहार्द बाताबरणमा कार्यक्रम सप्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्