‘क्यान इन्फोटेक’ आउँदो वैशाख ७ गतेदेखि हुने



काठमाडौं । कोभिडका कारण पटक-पटक स्थगित हुँदै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आउँदो वैशाख ७ गतेदेखि हुने भएको छ ।

क्यान महासंघले गर्ने यो मेला वैशाख १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

यसअघि यो कार्यक्रम २०७८ वैशाख २८ गतेदेखि आयोजना हुने तय भएको थियो । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै कार्यक्रम स्थगित भएको थियो ।

त्यसपछि पुनः यही माघ १८ देखि २३ गतेसम्म आयोजना हुने तय भएपनि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण फैलिएसँगै स्थगित गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्