प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने ५० बर्षीया महिला पक्राउ



दाङ। प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ५० बर्षीया उमादेवी चौधरी र उनका प्रेमी ५२ बर्षीय हनुमान चौधरी छन् ।

दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरकी चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नआएको भन्दै खोजतलासका लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले फागुन ५ गते गढवा गाउँपालिका–२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद देखिएपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमानले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र शरीर राप्ती नदीमा फालेको प्रहरीका अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्