ओखलढुंगा : घाँस काटेर घर फर्कंदै गरेकी महिलाको भीरबाट लडेर मृत्यु

ओखलढुंगा।घाँस काटेर घर फर्कंदै गरेकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा मोलुङ गाउँपालिका -४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार रहेको ओखलढुंगा प्रहरीले जनाएको छ।

शुक्रबार अपराह्न पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटेर घर फर्कंदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन।प्रहरीका अनुसार सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएको थियो।
उनको उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको बताइएको छ।

