नेचासल्यान : जन्ती लिएर खोटाङबाट आएको बाेलेराे दुर्घटना, घाईते २ जनालाई मिसन लगियो




डिल्ली शर्मा, साेलुखुम्बु।साेलुखुम्बुकाे नेचा बिहिबारे बजारमा बाेलेराे दुर्घटना हुदा २ जना घाईते भएका छन्। शुक्रबार सांझ खाेटाङकाे मंगलटारबाट नेचामा जन्ती लिएर अाएकाे गाडि दुर्घटना भएकाे हाे।

बिहिबारे बजारबाट गैरी बजार जाने ओरालाेमा गाडिकाे ब्रेक फेल भई सडकबाट अन्दाजी १०मिटर तल खसेकाे छ।काे१ज ३५०७ नंम्बरकाे गाडि बेलुकि ९ बजे दुर्घटना भएकाे हाे ।

गाडिमा चालक खाेटाङकाे हलेसिँ तुवाचुङ ६ का २६ बर्षीय बिनाेद बस्नेत काे टाउकाेमा चाेट लागेकाे छ भने अर्का यात्रु ओखलढुङ्गा सिद्दिचरण १का बर्ष३६का कुमार घिमिरेकाे देब्रे तिघ्रामा चाेट लागेकाे छ। घाईते हरुलाई नेचामा रहेकाे नेचा काेभिड अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि ओखलढुङ्गाकाे मिसन अस्पताल पठाईएकाे छ।

प्रतिक्रिया दिनुहोस्