पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज




काठमाडौं।सरकारले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गरेको छ । मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिरिषदले वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्नेबारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो ।कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको हो ।

यससम्बन्धमा समितिका अध्यक्ष राजेन्द्र अर्याललाई पत्र पठाएर मुख्य सचिव वैरागीले जानकारी दिइसकेका छन् । पत्रमा समिति खारेज गर्ने निर्णय भएकोले समिति बुझबुझारथ गर्न निर्देश गरिएको छ ।समितिका अध्यक्ष अर्यालले समिति खारेज भएको पत्र प्राप्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्