वरिष्ठ साहित्यकार शर्माको निधन



काठमाडौं।२०२६ सालको मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ।

शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्याले पीडित शर्माको ८७ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो।

शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।
उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए ।

उनको कृति ‘बेलाईततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो ।
‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो।शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए।

प्रतिक्रिया दिनुहोस्