सोलुखुम्बु : तामाखानीका २३ बिपन्न घरपरिवारलाई जिल्ला प्रशासनको राहत



सोलुखुम्बु। जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले साेलुदुधकुण्ड नगरपालिका-३ तामाखानीका अति बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका २३ घर परिवारलाई एक बोरा चामल तथा एक थान सिरक बितरण गरेको छ ।

अत्याधिक चिसो बढेको र आर्थिक अबस्था कमजोर भएका परिवारलाई दैनिकी सहजताका लागि राहत बितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले बताए । प्रजिअ शाहीका अनुसार बिपत व्यवस्थापन समिति अन्तरगत राहत उपलब्ध गराइएको हो ।

राहत पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । राहत बितरण कार्यक्रममा प्रजिअ शाहीसहित प्रहरी नायव उपरीक्षक कबित कट्वाल, शसस्त्र प्रहरी प्रमुख दिनेश शर्मा अरिदमन गुल्म सल्लेरीका सेनानी सुमनजंग केसी ३ नं बडाबाट निर्बाचित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय साेलुखुम्बु, जिल्ला विपद व्यबस्थापन समिति साेलुखुम्बुले हालसम्म जिल्लाकाे ९४ जना पीडितहरूलाई एक थान फाईवर सिरक र ३० केजिकाे एक/एक बाेरा चामल वितरण गरि सकेकाे प्रजिअ शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्