आजबाट खुल्यो पशुपतिनाथ मन्दिर , दर्शनार्थीका लागि माक्स अनिवार्य

काठमाडौं।काेराेना भाइरस महामारीका कारण यही माघ ५ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुला गरिएको छ।

काठमाडाैं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ ।
सिसिएमसिसीकाे सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेकाे छ ।

