खोटाङ : आफ्नै विद्यार्थीलाई जबर्जस्ति करणी गरेको आरोपमा रावाबेंसीका एक शिक्षक पक्राउ
खोटाङ । आफ्नै विद्यार्थीलाई जबरजस्ती गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।

रावावेसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयका शिक्षक ३१ वर्षीय किशोर पोखरेललाई प्रहरीले पुस ३० गते उदयपुरमा पक्राउ गरेको हो।पक्राउ परेका पोखरेललाई थप अनुसन्धानका लागि उदयपुर प्रहरीले खोटाङ प्रहरीलाई बुझाएको छ।
आफूमाथि पटक-पटक करणी भएको भन्दै पीडित किशोरी र उनका अभिभावकले उजुरी दिएपछि पक्राउ गरी आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
डिएसपी लम्सालका अनुसार किशोरीलाई भदौ ९ गते, असोज ६ गते र मङ्सिर १३ गते करणी गरेको पीडितले जाहेरी दिएकी छन् ।

