गार्मा माबिमा छात्राबास निर्माण गरिने



सोलुखुम्बु ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकास्थित गार्मा माध्यमिक विद्यालयमा चारकोठे आईसिटी भवन उद्घाटन गरिएको छ।

बिघठित राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई शिक्षाको ६९ लाख ५० हजार बजेटको लगानीमा निर्माण गरिएको सो भवनको बिहिवार सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहेका कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले गरेका हुन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपमेयर कल्पना राई,सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष लालमान श्रेष्ठ, नगर पालिका प्रबक्ता शारदामाया तामाङ, नगर सदस्य गान्धिमाया तामाङ र सरीता राई लगायतले आ-आफ्नो धारणा राखेका थिए।

बिहिबारै शेर्पाले सोही विद्यालयमा घेराबार, दुई कोठे भवन र महिला छात्रावास भवनको शिलान्यास गरेका छन् ।सोलुदुधकुण्ड नगरपालिकाको २० लाख बजेटमा काम हुने गरी विद्यालयमा घेराबार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख बजेटबाट दुई कोठे भवन र हिमालयन केयर फाउण्डेसनको सहयोगमा छात्रावास भवन निर्माण गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्