ओमिक्रोनबाट बच्न स्वस्थ आहार खानु जरुरी



कोरोना महामारीको नयाँ भेरियन्टले सारा विश्वलाई नै फेरि आतंकित छ । पछिल्लो दुई वर्षमा कोरोना संक्रमणले लाखौँको ज्यान लिइसकेको छ । कोरोनाको नयाँ भेरियन्टहरू निरन्तर रूपमा देखापरिरहेका छन् र हाल सम्पूर्ण विश्व ओमिक्रोनसँग लडिरहेको छ ।

कोरोना संकमणबाट बच्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो रहनु सबैभन्दा जरुरी हुन्छ । यसका लागि व्यायामका साथसाथै स्वस्थ आहार लिनु पनि जरुरी छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले पनि मानिसहरूलाई स्वस्थ आहार लिन सल्लाह दिएको छ । यसले कोरोनासँग लड्न धेरै हदसम्म मद्दत गर्नेछ । मोटोपना, मधुमेह, मुटुसम्बन्धी रोगलगायत अन्य रोगका लागि पनि यी स्वस्थ आहार लाभदायक हुन्छ ।

विविधतायुक्त खानेकुरा
कोरोनासँग लड्नको लागि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु निकै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा खानामा विविधता चाहिन्छ । डब्लूएचओका अनुसार खाना सन्तुलित र स्वस्थ हुन आवश्यक छ । खानामा सम्पूर्ण अन्नको साथै, हरियो सागसब्जी र फलफूल अनिवार्य हुनुपर्छ ।

नुन
यदि, नुन धेरै खानुभयो भने, यो स्वस्थ्यको लागि हानिकारक हुन सक्छ । डब्ल्यूएचओका अनुसार दैनिक पाँच ग्राम ९लगभग १ चम्चा० भन्दा बढी नुनको सेवन गर्नु हुँदैन ।

बोसो र तेल
स्वस्थ रहन घ्यू र बटरको सट्टा जैतुन, सोया, सूर्यमुखी वा मकैको तेल प्रयोग गर्नु राम्रो हुन्छ । यसबाहेक खानामा कम बोसो भएको मासु प्रयोग गर्नुपर्छ ।

चिनी
कोरोनाको संकटका बीच ९डब्ल्यूएचओ० ले नियमित आहारमा चिनीको मात्रा नियन्त्रण गर्न सल्लाह दिएको छ । कोल्ड ड्रिंक्स, चकलेट, मिठाइ खाजाजस्ता धेरै चीजहरूमार्फत हामी हरेक दिन धेरै चिनी लिन्छौँ । यस्तो अवस्थामा तिनीहरूले शरीरलाई धेरै हानि पुर्याउ न सक्छन् ।

हाइड्रेटेड रहनुहोस्
हाम्रो शरीरमा सधैँ पर्याप्त मात्रामा पानी हुनु महत्त्वपूर्ण हुन्छ । पानीको कमी हुँदा यसको प्रत्यक्ष असर प्रतिरक्षा प्रणालीमा पनि पर्छ । त्यसैले, दैनिक ३ लिटर सादा पानी पिउनु राम्रो हो ।

मद्यपान
यदि, तपाईं रक्सी सेवन गर्नुहुन्छ भने तुरुन्तै त्यसबाट टाढा रहनुपर्छ । यो एक स्वस्थ आहारको भाग होइन । मदिरा सेवनले कोभिड–१९ को जोखिम कम गर्दैन यसले जोखिमलाई झन् बढाउन सक्छ ।

बालबालिकाका लागि
बालबालिकाको खाना र पेय पदार्थको सन्दर्भमा, विश्व स्वास्थ्य संगठनको अनुसार ६ महिना सम्मका बच्चाहरूको लागि आमाको दूध उत्तम आहार हो । २ वर्षसम्मका बालबालिकालाई स्तनपान गराउन सकिन्छ । यो कोरोनाबाट बच्न सहयोगी साबित हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्