शेर्पाको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाका पिता एवं सोलुखुम्बु कांग्रेसका पुराना नेता नुर्वुवाङ्डा शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी सोमबार साँझ निधन भएका शेर्पाको निधनप्रति प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले स्व शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
सोलुदुधकुण्ड नगरपालिका–३ निवासी स्व शेर्पाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

