थुलुङदुधकोशी : समाजसेवी शेर्पाद्वारा विद्यार्थी पोशाक तथा शैक्षिक सामाग्री सहयोग
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिका- ९ कुरिमास्थित श्री लामुडाँडा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालयको लोगो सहितको पोशाक, शैक्षिक सामाग्री र नगद बितरण गरिएको छ।

विद्यालयका पूर्बविद्यार्थी समेत रहेका धर्मडाँडा शेर्पा समाजका अध्यक्ष लाक्पादोर्जी शेर्पाले विद्यालय पोशाकसहित शैक्षिक सामाग्री र नगद सहयोग गरेको विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष ङवाङ तेन्जी शेर्पाले जानकारी दिए।शेर्पाले ८० थान विद्यालयको लोगो सहितको विद्यार्थी पोशाक, शिक्षकशिक्षिकालाई ज्याकेट तथा विद्यालयमा गठित धर्मपिक अगुवा बाल क्लबलाई ५ हजार र उत्कृष्ट विद्यार्थीलाई ३ हजार रुपैयाँ नगद सहयोग गरेको उनले बताए ।
अध्यक्ष शेर्पाले विगतमा पनि शैक्षिक अक्षयकोषका लागि ४ लाख नगद र विद्यार्थीलाई पोशाक वितरण गर्नु भएको थियो ।

