मनकामना केवलकार आइतबारबाट ४ दिन बन्द हुने
काठमाडौं । मनकामना केवलकार आइतबार (भोलि) बाट चार दिन बन्द हुने भएको छ ।

स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत गर्नुपर्ने भएकाले केबलकार सेवा केही दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रवन्धक उज्ज्वल शेरचनले बताए । पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले जनाए ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । मनकामना केवलकारले गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

