शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएपछि एक हप्तालाई विद्यालय बन्द
तनहुँ। बन्दीपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका ७ विद्यार्थी र २ शिक्षकलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका ५२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएपछि आजदेखी पुस ७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक ऋषिराम ढकालले जानकारी दिए।
कोरोना पोजिटिभ देखिएकालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई होम आइसोलेसनमा बस्न लगाइएको छ भने अन्य विद्यार्थीलाई पनि सावधानी अपनाएर घरमै सुरक्षित बस्न भनिएको छ ।

