नेचासल्यानको केदार तथा थुलुङदुधकोशीको बिरेन्द्रोदय र जीवनज्योति माबिमा अनेरास्ववियुको कमिटी



सोलुखुम्बु।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले नेचासल्यानको केदार मावि र थुलुङदुधकोशी गाउँपालिकाको जीवन ज्योति तथा बिरेन्द्रोदय माबिमा प्रारम्भिक कमिटी गठन गरेको छ।

नेचासल्यानस्थित केदार माबिमा
अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा नेचा सल्यान भुगोल अध्यक्ष पुण्यप्रसाद कटेलको सभापतित्वमा सम्पन्न भेलाले पर्शुराम कटेलको अध्यक्षतामा ६३ सदस्यीय तथा प्राविधिक क्षेत्रतर्फ सुमन विष्टको अध्यक्षतामा २५ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु ११ औं जिल्ला सम्मेलन आयोजक कमिटी आर्थिक विभाग प्रमुख
तथा नेचासल्यान गाउँपालिका इन्चार्ज सरोज भट्टराईले जानकारी दिए।

कमिटी अन्तरगत रमेश कटेलको संयोजकत्वमा ५ सदस्यीय खेलकुद बिभाग र स्मृति कटेलको संयोजकत्वमा ५ सदस्यीय सांस्कृतिक बिभाग गठन गरिएको उनले बताए ।भेलामा अनेरास्ववियु सोलुखुम्बुका इन्चार्ज एबम् नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोला उपस्थित थिए।

उता श्री जीवन ज्योति माध्यमिक विद्यालय थुलुङदुधकोशी-२ नेलेमा बिष्णु सुनुवारको अध्यक्षतामा २५ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको जिल्ला कमिटी सचिवालय सदस्य एबम् प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

११ औं जिल्ला अधिबेशन आयोजक कमिटी सचिवालय सदस्य मनिष नाछिरिङ र तेन्जी शेर्पाको उपस्थितिमा गठित सो कमिटीको उपाध्यक्षमा लक्ष्मी खत्री र बिशाल सुनुवार सचिवमा उत्सव खड्का सहसचिवद्वयमा रन्जिता तामाङ र रोनिश बस्नेत तथा कोषाध्यक्षमा
ईन्दिरा बस्नेत रहेको उनले बताए ।

यसैगरी,श्री बीरेन्द्रदोय माध्यमिक विद्यालय थुलुङदुधकोशी (६ मुक्लीमा सजिना राईको अध्यक्षतमा ३३ सदस्यीय प्रारम्भिक कमिटी गठन भएको छ ।

नवगठित कमिटीको उपाध्यक्षद्वयमा श्रीध्वज राई र सौरभ राई सचिबमा प्रनिस राई ,सहसचिवद्वयमा सुजन थापा र दिलिप राई तथा कोषाध्यक्षमा सर्मिला बस्नेत रहेको नाछिरिङले बताए ।कमिटी अन्तरगत गठित साँकृतिक बिभागको प्रशोदा राई र खेलकुद बिभाग प्रमुखमा सुर्य माझी तथा शैक्षिक बिभाग प्रमुखमा सुरेश भुजेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्