नेचासल्यान गाउँपालिकाले गर्‍यो लघु उद्यमीहरुलाई प्रबिधि हस्तान्तरण



सोलुखुम्बु । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA) अन्तरगत सीप तालिम लिई उत्पादित लघु उद्यमीहरुलाई नेचासल्यान गाउँपालिकाले प्रबिधि हस्तान्तरण गरेको छ।

आईतवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला र पालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले संयुक्तरूपमा प्रबिधि हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा मखमली जुत्ता चप्पल समूहलाई फर्मासेट,सिलाई मेसिन र आवश्यक कच्चा पदार्थ, एनएस पौरखी लघु उद्यम समूहलाई मिक्स्चर,वेट मेसिन र जुस मेकर दुइदुइ थान,कालिका कृषि समूह,पौरखी कृषि समूह र सिंहदेवी समूहलाई एक एक वटा च्याउ उत्पादन गर्ने कालो प्लास्टिक टनेला उपलब्ध गराईएको उद्यम बिकास कार्यक्रमका सहजकर्ता सम्झना घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी,लघु उद्यमी आधुनिक मेसिन हाते होजियारी समूहलाई एक सिलाई मेसिन,डलपुस लघु उद्यम समूहलाई एक सेट सिलाई मेसिन र ५० वटा कैँची तथा पोर्टल भिलेज इलेक्ट्रोनिक समूहलाई विद्युतीय सामाग्रीहरु हस्तान्तरण गरिएको वहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्