माप्यदुधकोशी : हिमालय माबिमा ५ दिने एकीकृत पाठ्यक्रम सिकाई सहजीकरण सम्बन्धि तालिम सुरु
काठमाडौं।माप्यदुधकोशी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय खास्तावमा मंगलबारबाट एकीकृत पाठ्यक्रम सिकाई सहजीकरण सम्बन्धि तालिम सुरु भएको छ।

माप्यदुधकोशी गाउँपालिका र रिड नेपालको संयुक्त आयोजनामा सुरु भएको सो तालिमको पालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गर्नुभएको थियो। सरकारले ल्याएको १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम सिकाई सहजीकरण सम्बन्धि उक्त तालिम ५ दिनसम्म सन्चालन हुने गाउँपालिका उपाध्यक्ष जुनिता मगरले जानकारी दिनुभयो ।
रिड नेपालका कार्यक्रम संयोजक केशव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष राई,उपाध्यक्ष मगर र गाउँपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईले आ(आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
तालिममा पालिका भित्रका ३४ वटा विद्यालयका ८३ शिक्षक सहभागी रहेको उपाध्यक्ष मगरले जानकारी दिनुभयो ।

