यस्ता पनि बाबु ! जसले एसिड प्रहार गरि आफ्नै छोराछोरी घाइते बनाए



सोलुखुम्बु । आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरी घाइते बनाएको आरोपमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा एक ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्लेरीको बसन्त बजारका मोहन बराइली रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ५५ बर्षीय बराइलीले गत राती आफ्नै छोराछोरी मथि एसिड प्रहार गरि घाइते बनाएका थिए। आफ्नै बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।

मादक पदार्थ सेवन बाबुले एसिड प्रहारबाट घाइते २५ वर्षिय छोरा र १६ वर्षिय छोरीको जिल्ला अस्पताल फाप्लुमा भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये छोराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्