प्रारम्भिक कमिटी गठन र पुनर्गठनलाई अनेरास्ववियुको तीब्रता



सोलुखुम्बु। नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला कमिटी सोलुखुम्बुको ११ औं जिल्ला सम्मेलनलाई मध्यनजर गर्दै जिल्लाव्यापी प्रारम्भिक कमिटी गठन तथा पुनर्गठनलाई तिब्रता दिएको छ।

प्रारम्भिक कमिटी गठनका क्रममा आज श्री बीरेन्द्र ज्योति माबि कक्षा ११ र १२ सुनिल नाछिरिङको अध्यक्षतामा ७५ सदस्यीय र हुलु माबिमा सम्पन्न अनेरास्ववियु समर्थक विद्यार्थीहरुको भेलाले दीपक बिकको अध्यक्षतामा ४१ सदस्यीय प्रारम्भिक कमिटीका साथै विभिन्न बिभागहरु गठन गरेको छ।

नव गठित बीरेन्द्र ज्योति प्रारम्भिक कमिटीको उपाध्यक्षमा बिमला नाछिरिङ र चन्द्रीका राई सचिबमा बेदमाया बस्नेत, सहसचिवमा अमृता कार्की र कल्पना गुरुङ तथा कोषाध्यक्षमा दिलमान राई छन् ।यसैगरी संयोजक युवराज बस्नेत र
सह(संयोजक शशिकला राई रहने गरी खेलकुद बिभाग तथा संयोजक अनिता भुजेल र सहसंयोजकस् लक्ष्मी राई रहने गरी सांस्कृतिक बिभाग गठन गरिएको अनेरास्वबियु जिल्ला कमिटीका सचिवालय सदस्य एबम् प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य लक्षुमण खालिङ, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य प्रकाश कार्की, अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य मनिष नाछिरिङ, जिल्ला कमिटी सदस्य भुपाल खालिङ र खड्ग बहादुर बिकको उपस्थिति रहेको नाछिरिङ्ले बताए ।

उता हुलु माबिको प्रारम्भिक कमिटी
उपाध्यक्षद्वयमा पबित्रा राई जानुका लामिछाने सचिबमा दिपक कार्की
सह( सचिबद्वयमा डोमा नाछिरिङ
र पुनम गुरुङ तथा कोषाध्यक्षमा गंगा लामिछाने रहेका छन् । प्रारम्भिक कमिटी अन्तर्गत संयोजक घनश्याम बस्नेत रहेको खेलकुद बिभाग र संयोजक अर्जुन बिक रहेको सांस्कृतिक बिभाग पनि गठन गरिएको छ।

भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य लक्षुमण खालिङ, नेकपा एमाले १ नं वडा अध्यक्ष डिल्ली राई, अनेरास्ववियु जिल्ला कमिटी सदस्य खड्ग बहादुर बिकको उपस्तिथि रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्