सोताङ : श्री सृजनशील युवा क्लबले जग्गा खरिद गर्न देउसीभैली खेल्ने



सोलुखुम्बु ।श्री सृजनशील युवा क्लब सोताङ (५ गोर्खिमले कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्न देउसीभैलो खेल्ने भएको छ।

शुभ दिपावली २०७८ को पावन अवसरमा मौलिक संस्कृतिको संरक्षण गर्दै खेलिने देउसीभैलोको उद्घाटन आज गरिएको सो क्लबले जनाएको छ।संस्थाका अध्यक्ष मिलन नाछिरिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भिमराज राईले संस्थाको कार्यालयमा लक्ष्मीपूजा गरी देउसीभैलो कार्यक्रमको उद्घाटन गरेका हुन।उक्त देउसीभैलो सोताङ गाउँपालिकाका विभिन्न ठाउँमा ४ दिनसम्म खेलिने नाछिरिङले बताए ।

प्रतिक्रिया दिनुहोस्