कप्तानी छनौटका लागि प्रशान्तिमा विद्यार्थीको निर्बाचन, नतिजा आगामी मंगलबार घोषणा हुने



काठमाडौं।प्रशान्ति एकेडेमी बुनपा १२ कपनले अतिरिक्त क्रियाकलाप कार्यक्रम प्रभावकारी बनाउन कप्तानी छनौटको लागि निर्वाचन सम्पन्न गरेको छ।विद्यालयले आफ्ना विद्यार्थीहरुको उपस्थितिमा सम्पुर्ण प्रक्रिया पूरा गरी शुक्रवार निर्बाचन सम्पन्न गरेको हो।

विद्यार्थीहरुले आफ्नो क्याप्टेन छनौट गर्ने अधिकारलाई सम्मान गर्दै हरेक वर्ष झैं यो पटक पनि एक हप्ताको समय तालिका तयार पारी नामावली प्रकाशन, उम्मेद्वारी दर्ता, निर्वाचन चिन्ह प्रदान,प्रचार प्रसार अवधि तोकि विद्यालयको अतिरिक्त क्रियाकलाप विभागले चुनाव आयोजना गरि सम्पन्न गरेको हो ।
विद्यार्थीहरुलाई चुनावी प्रक्रिया, मताधिकार र छनौट हुने विधि सम्वन्धि प्रयोगात्मक ज्ञान दिलाउनलाई यो कार्य गरिएको विद्यालयका प्रिन्सिपल समिर वास्तोलाले वताए।

‘विगतका वर्षहरुमा पनि विद्यालयमै ठूलो उल्लासका साथ निर्वाचन गर्ने गरिएको थियो । गत वर्ष कोभिडको कारणले यो गर्न सकिएन अहिले भने यो अतिरिक्त क्रियाकलाप हुने समयलाई सदुपयोग गरि चुनाव गरिएको हो’- उनेले भने। यसले विद्यार्थीको आन्तरिक प्रतिस्पर्धा गर्ने र नेत्तृत्व लिने क्षमता विकासमा टेवा पुग्ने उनले वताए। साथै अागामी वर्षहरुमा पनि यस्तै विभिन्न नयॉ प्रयोग गर्दै लगिने साथै कार्यक्रमलाई उत्कृष्टता थप्दै लगिने पनि जानकारी दिए। त्यस्तै यो कार्यको तयारी गरि सम्पन्न गर्ने ई सि ए टीम र संयोजकलाई बधाई तथा धन्यवाद समेत प्रदान गरे।

विद्यालयले आगामी दिनमा नयाँ स्वरुपको विद्यालय, नीति कार्यक्रमहरुका साथ विभिन्न प्रयोगात्मक र सन्देश मुलक कार्यक्रमहरु हुने र सो कार्यक्रमहरु भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी समेत उनले दिएका थिए।

हालै सम्पन्न भएको निर्वाचनवाट प्रत्येक तीन तहबाट ९२ जना छात्र र छात्राले क्याप्टेन र भाइस क्याप्टेन को लागि उम्मेद्वारी दिएका थिए। छनौट प्रक्रियामा भोट दीई सम्पुर्ण विध्यार्थी तथा शिक्षकहरु सहभागी भएका थिए।सो संख्या मध्येवाट जम्मा २४ जना निर्वाचित हुनेछन्।

यसको नतिजा आगामी कार्तिक १६ गते मंगलवार घोषणा गरिने विद्यालयको अतिरिक्त क्रियाकलाप विभागले जनाएको छ।निर्वाचित सम्पुर्णलाई प्रमाण पत्र र क्याप्टेन व्याज समेत प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्