ओखलढुंगा लिखुकी एक महिलाले मट्टीतेल खन्याएर आफैंलाई लाईन आगो



ओखलढुंगाको लिखुकी एक महिलाले आत्मदाह गरेर आत्महत्या गरेकी छन्।

लिखु गाउँपालिका ३ की ३८ वर्षीया उर्मिला सुनुवार जोगीले आफ्नै शरीमा आगो लगाएर आत्मदाह गरेकी हुन्। उर्मिलाले गएको आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काएर आत्मदाह गरेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार मृतकका श्रीमान दीर्गबहादुर जोगीकै अघि उनले शरीरमा आगो लगाएकी हुन्। दीर्घबहादुरले तत्कालै आगो निभाए पनि उनलाई बचाउन सकेनन्।

गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनले आत्मदाह गरेर आत्महत्या गर्नुको कारण खुलेको छैन।

आर्थिक रुपमा विपन्न जोगी परिवारमा पारिवारिक कलहसमेत रहेको स्थानीयले बताएका छन्। उनी शारीरिक र मानसिक रुपमा पनि कमजोर रहेकी गाउँलेहरुले बताएका छन्।

एक महिना अघि पनि ओखलढुंगामै एक महिलाले आत्मदाह गरेर आत्महत्या गरेकी थिइन्। सद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षीया मिनाकुमारी श्रेष्ठले गएको भदौ १४ गते शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्