पूर्बयुवराज पारसको फ्ल्याटबाट चोरी गरेको आरोपमा एक ब्यक्ति पक्राउ



काठमाडौं । पूर्वयुवराज पारस शाहको सामान चोरी भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पोखराको लेकसाइडमा रहेको फ्ल्याटबाट दुई दिनअघि सामान चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौं टेकु प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।
शाहको फ्ल्याटबाट आइप्याड, क्यामेरा, मोबाइललगायतका सामग्री चोरी भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा बाराका शुभ गौतम रहेका छन् । उनलाई काठमाडौंको गोंगवु क्षेत्रबाट पक्राउ गरिएको थियो ।गौतम शाहको निवासका कामदार हुन वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्