कस्तुरीको बिनासहित नागढुंगाबाट एक ब्यक्ति पक्राउ

काठमाडौं।प्रहरीले कस्तुरीको बिनासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउपालिका वडा नं. ८ बस्ने ५१ बर्षीय सार्की घले रहेको महानगरीय प्रहरी परिसरका प्रबक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

त्रिशुलीबाट काठमाण्डौतर्फ आउंदै गरेको प्र.३-०१-००६ ख ५९९ नम्बरको यात्रुबाहक बसमा सवार घलेलाई रातो झोलामा लुकाई छिपाई ल्याएको १९ ग्राम कस्तुरीको बिनासहित नाकढुंगाबाट पक्राउ गरेको हो।बरामद कस्तुरीको बिनासहित घलेलाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालयलाई बुझाएको प्रउ बस्नेतले बताए ।

