प्रस्तावित मेरा राष्ट्रिय निकुञ्जबारे सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न



काठमाडौं। सोलुखुम्बु जिल्लाको
महाकुलुङ र सोताङ गाउपालिका क्षेत्रको भूभागलाई समेटेर मेरा राष्ट्रिय निकुञ्ज बनाउने सम्भाब्यता अध्ययनका उच्चस्तरीय कार्यदल बन्ने भएपछि त्यस बिषयमा सरोकारवालाहरुसंग अन्तरक्रियाको आयोजना गरिएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु बरुण संरक्षित क्षेत्रसँग जोडिएको सोलुखुम्बुका दुई विकट गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने उद्देश्यले प्रस्ताव गरिएको प्रस्तावित मेरा राष्ट्रिय निकुञ्जका बिषयमा प्रस्तावक प्रदेश १ सरकारका उद्योग, बन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेश क का सांसद उत्तम कुमार बस्नेतको उपस्थितिमा शनिबार सो अन्तरक्रियाको आयोजना गरिएको हो।

अन्तरक्रियामा राज्यमन्त्री बस्नेतले महाकुलुङ र सोताङ गाउँपालिकाका स्थानीयको जीवनस्तर उकास्नका लागि मेरा राष्ट्रिय निकुञ्ज निर्माणले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउदैं प्राकृतिक श्रोतको परिचालनबाट समृद्धि हांसिल गर्नुपर्छ भन्ने उद्देश्यले सांसद निर्बाचित भएदेखि नै आफुले यसका लागि पहल गरिरहेको जानकारी दिनुभएको थियो।वहाँले निकुञ्ज स्थापनाको प्रारुप र त्यसबाट प्राप्त गर्न सकिने उपलब्धिबारे पनि अन्तरक्रियामा चर्चा गर्नुभएको थियो।

सरोकारवालाले स्थानीय लाई बढी लाभ हुनेगरि निकुञ्ज वा संरक्षित क्षेत्र मध्ये एक बनाइनुपर्ने राखेका छन । बिगतमा मकालु बरुण राष्ट्रिय संरक्षित क्षेत्रले सुबिधा भन्दा सास्ती दिएको भन्दै विकल्प खोजिनु पर्ने उनीहरूको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्