खुम्बु पासाङलामु : आँखा शिविरमा २९ जनाको मोतीविन्दुको शल्यक्रिया सम्पन्न



खगिन्द्र बास्तोला
सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङलामु गाउँपालिकास्थित खुन्दे अस्पतालमा सञ्चालित आँखा शिविरमा २९ जना आँखा रोगीहरुको मोतीविन्दुको अप्रेशन गरिएको छ । शनिबार र आइतबार सम्पन्न शल्यक्रियामा दुईजनाको दुवै आँखासहित ११ पुरुष र १८ महिलाको मोतीविन्दुको अप्रेशन गरिएको हो । तिलगंगा प्रतिष्ठानका वरिष्ठ नेत्र चिकित्सकहरुको उपस्थितिमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा शिविर सञ्चालन भएको थियो ।

असोज १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको सो शिविरमा पासाङलामु निकोल निक्की अस्पताल लुक्लामा ४ सय २३ जना, नाम्चे स्वास्थ्य केन्द्रमा १ सय ४७ जना, थाम स्वास्थ्य केन्द्रमा १ सय ५५ जना र खुन्दे अस्पतालमा आँखा परीक्षण गरेको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार सो शिविर तिलगंगा आँखा प्रतिष्ठान, खुन्दे अस्पताल, हिमालयन ट्रष्ट नेपाल र खुम्बु पासाङलामुको संयुक्त आयोजना र हिमालयन मोतीविन्दु परियोजनाको विशेष सहयोगमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्