नेपाल जनता पार्टीले काठमाडौंमा मनायो भारतीय प्रधानमन्त्री मोदीको जन्मोत्सव



काठमाडौं। नेपाल जनता पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सव काठमाडौंमा मनाएको छ।

प्रधानमन्त्री नरेन्द्र माेदीकाे ७१ औं जन्मदिनका अवसरमा सो पार्टीले गत शुक्रवार जमलस्थित एल्लो पगोडा होटलमा केक काटेर मनाएको वरिष्ठ जनता पार्टीका वरिष्ठ नेता सिद्दार्थ गौतमले जानकारी दिए।

कार्यक्रममा नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी, प्रा. कपिलदेव मिश्र, सिद्धार्थ गौतम, आलोक अवध लगायत विभित्र महानुभावको उपस्थिति रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्