नेकपा एकीकृत समाजबादीको ४५ सदस्यीय सोलुखुम्बु -काठमाडौं सम्पर्क मन्च गठन



काठमाडौं।नेकपा (एकीकृत समाजवादी)ले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्च गठन गरेकाे छ । शनिबार धुम्बाहराहीमा आयोजित भेलाले भीम शर्माको अध्यक्षतामा सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको नेकपा एकीकृत समाजबादी जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख तेन्जिङ शेर्पाले जानकारी दिए।

पार्टी केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय ईन्चार्ज कमरेड बिजय गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाद्वारा गठित ४५ सदस्यीय सम्पर्क मन्चको वरिष्ठ उपाध्यक्षमा
लाक्पा दोर्जी शेर्पा
,प्रथम उपाध्यक्षमा सगर तामाङ
उपाध्यक्षमा तेन्जी शेर्पा,
सचिवमा दोर्जी शेर्पा,
सहसचिबमा शेखर राई र
कोषाध्यक्षमा बबिता राउत रहेको उनले बताए।

नवगठित मञ्चका पदाधिकारीलाई प्रमुख अतिथि तथा केन्द्रीय सदस्य विजय गुरुङले सपथ ग्रहण गराएका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले समाजवादी दृष्टिकोणले नै मुलुकलाई निकास दिने दाबी गरेका छन् ।

कार्यक्रम प्रदेश १ (क) सदस्य आङ ङिमा लामा, जुद्धबहादुर कार्की, सौमाया राईलगायत नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्