जंगली जनावरका लागि बिच्याईएको धरापमा परि बर्दिया एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं।जंगली जनावर धपाउन बिछाइएको विद्युतीय धरापमा परि तीन जनाले ज्यान गुमाएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का एकै परिवारका तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठाकुरबाबा ३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजू ४३ वर्षीया बलमतीको गएराति १२ बजे ज्यान गएको हो।
धानखेतमा करेन्ट प्रवाह गरेको अभियोगमा उनका छिमेकीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
स्थानीयका अनुसार धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो।