काठमाडौंमा दोश्रो डोज भेरोसोल खोप लगाइंदै, असोज ४ बाट सुरु हुने



काठमाडौं । काठमाडौं उपत्यकाका काठमाडौं महानगरसहित ११ वटा् नगरपालिकामा असोज ४ गतेदेखि कोरोनाविरुद्ध भेरोसेल खोप अभियान सुरु गरिने भएको छ।

शुक्रवार भेरोसेलको ४४ लाख डोज खोप काठमाडौं ल्याइएसँगै दोस्रो डोजको खोप अभियान सञ्चालन गर्न लागिएको हो।

जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

खोप कार्यक्रमका लागि कार्यालयले काठमाडौं महानगरमा ३२ ओटा खोपकेन्द्र तोकेको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा ९, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरि नगरपालिकामा १५, बूढानीलकण्ठ नगरपालिकामा १३, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, टोखा नगरपालिकामा ११, शंकरापुर नगरपालिकामा ९ र कागेश्वरी मनोहरामा ९ वटा खोपकेन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्